Kohalpur Today Header Ads

नेपाली कांग्रेस नेत्री छाया सुनारद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी




काेहलपुर । 

नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई लिएर सरगर्मी बढेको छ ।  डिनर र लन्च पार्टी चलेका छन् । नेताहरूको घरमा भीड जुटेका छन् । जित र हारका हिसाबकिताब खुलेका छन् । कांग्रेसको क्रियाशील सदस्यदेखि गाउँ, नगर, जिल्ला र केन्द्रसम्म नेतृत्वबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । अर्थात् जनमानसमा कांग्रेसप्रतिको आकर्षण कम भएको छैन । साेही अनुसार कालिकाेट जिल्लामा पनि चौधौं महाधिवेशनलाई लिएर सरगर्मी बढेको छ । केन्द्रीय नेतृत्व चयन गर्नका लागि देशभरबाट संघीय राजधानी काठमाडौँ पुग्ने क्रम जारी छ। मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा पदभन्दा बढि नेतृत्वका आकांक्षिहरु देखिएका छन्। उम्मेदार छान्ने नेतृतवलाई सकस परिरहेको देखिन्छ।

यसपालि कालिकोटले प्रदेश कांग्रेसमा केही नेतृत्व प्राप्त गरेको छ।  कालिकोटले कांग्रेसको केन्द्रीय नेतृत्वमा कस्तो अवस्था र्सिजना
गर्छ ? कसरी अघि बढ्छ ? भन्ने प्रश्न उठिरहेको बेला नेपाली कांग्रेस कालिकोटकी नेत्री छाया सुनारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन्।

LIfe Ok

कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा सुनारले पार्टी नेतृत्वमा युवाहरुको उपस्थिति र भूमिका, एक व्यक्ति, एक पदका बारेमा, पार्टी र सरकारको नेतृत्वमा युवा महिलाहरुको उपस्थिति, जिम्मेवारी प्रदानका विषयमा, असल र सफल नेतृत्व निमार्ण जस्ता विषयमा शसक्त भूमिका रहने बताएकी छन्। साथै देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो अमुल्य मत प्रदान गर्नसमेत आग्रह गरेकी छन्।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २३ गते बिहीबार