१४औं क्रिसा रनिङ्गशील्ड: हिमालय विद्या निकेतनलाई ९-१२ को उपाधि

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाहमा भएको १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा कक्षा (९-१२) को उपाधि हिमालय विद्या निकेतनले लिएको छ ।

तीन तह (१-५, ६-८ र ९-१२) मा भएको खेलमा कक्षा (९-१२) को उपाधि हिमालय विद्या निकेतनले लिएको हो ।

कक्षा (९-१२) तहमा भएको प्रतियोगितामा हिमालय विद्या निकेतनले प्रथम, नमूना विद्या सदनले द्धितीय र तक्ष्यशिला एकेडेमीले तृतीय स्थान ल्याउन सफल भएका छन् ।

कक्षा (९-१२) तहमा भएको प्रतियोगितामा हिमालय विद्या निकेतनका छात्र र छात्रातर्फ नविन थापा क्षेत्री र जेनिशा बस्नेतले १०० मिटर दौडमा प्रथम भएका छन् ।

४ह४०० मिटर रिले दौडमा छात्रातर्फ प्रथम भएका छन् भने छात्रतर्फ सटफूटमा नविन वलीले प्रथम स्थान ल्याउन सफल भएका छन् भने भलिबलमा भने हिमालय विद्या निकेतनले तृतीय स्थान ल्याउन सफल भई कक्षा (९-१२) को उपाधि लिन सफल भएको हो ।

यस्तै कक्षा (९-१२) तहमा भएको प्रतियोगितामा नमूना विद्या सदनले छात्र/छात्रातर्फको भलिबल प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल भएका छन् भने १०० मिटर दौडमा करुना सुनारले द्धितीय स्थान ल्याउन सफल भएको

यस्तै कक्षा (९-१२) तहमा भएको प्रतियोगितामा तक्ष्यशिला एकेडेमीले ४x४०० मिटर रिले दौडमा छात्रतर्फ प्रथम भएको थियो भने छात्रा तर्फ द्धितीय स्थान ल्याउन सफल भएको थियो ।

भलिबल तर्फ तृतीय स्थान प्राप्त गरेको थियो भने सटफुटमा छात्रतर्फ तृतीय स्थान प्राप्त गरेको थियो ।

यस्तै कक्षा १-५ मा उत्कृष्ट खेलाडीमा स्काईल्याण्डका निर्जल कार्की, सार्वधिक गोलकर्तामा शमशेरजंग ईमी स्कुलका गजल यारी र उत्कृष्ट गोल किप्परमा फुलबारी एजुकेशन एकेडेमीका इन्द्रलाल नेपालीले प्राप्त गरेका थिए ।

यस्तै कक्षा ९-१२ मा नमूना विद्या सदनकी छात्रा अनिता बस्नेतले उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरिएको थियो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेको आयोजनामा बुधबारदेखि १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालन भएको आज समापन भएको छ ।

राप्तीसोनारी, बैजनाथ र कोहलपुरका २६ वटा संस्थागत विद्यालयहरु खेलकुद प्रतियोगितामा भाग लिएका थिए । ३ तह (१-५, ६-८ र ९-१२) मा खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो ।

(१-५, ६-८ र ९-१२) को खेलकुद प्रतियोगितामा क्रमशः १२, १५ र १८ वर्ष मुनीका बालबालिकाले प्रतिस्पर्धा भएको हो ।

१०० मिटर, २०० मिटर, ४०० मिटर, ४x१०० मिटर र ४x४०० मिटर रिले दौड, फुट्सल, कुर्सी दौड, सटपट र भलिबल प्रतियोगिता सञ्चालन भएका थिए भने प्रतियोगितामाप्रति विद्यामा छात्र/छात्रा छुट्छुटै प्रतिस्पर्धा भएको क्रिसा बाँकेका अध्यक्ष वेग प्रकाश चन्दले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुले ट्रफि सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।