बाँकेमा नागरिक उन्मुक्ति पार्टीको कार्यदल गठन

कोहलपुर ।

बाँकेमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन छनौट कार्यदल गठन भएको छ । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा नागरिक उन्मुक्ति पार्टीले शनिबार महाधिवेशन छनौट कार्यदल गठन गरेको छ ।

महाधिवेशन व्यवस्थापन तथा सचिवालय समितिका संयोजक भूम भण्डारीले बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा महाधिवेशन छनौट कार्यदल गठन भएको बताए । सो कार्यदलले क्षेत्रिय, प्रदेश, पालिका र वडा कार्यसमिति गठन गर्ने र संगसंगै अधिवेशन गर्दै महाधिवेशन प्रतिनिधिहरुको छनौट भएको संयोजक भण्डारीले जानकारी दिए ।

बाके निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ‘क’ मा लक्ष्मण थारुको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । जसमा नोरी कुमारी चौधरी, हसिना वानो, कृष्ण थारु र टोप बहादुर थारू सदस्यमा चयन भएका छन् ।

यस्तै बाके जिल्ला क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ मा सुरेश कुमार चौधरीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । जसमा मदन लाल थारु, राम कुमार थारू, मन कुमारी थारु र गोदाम चौधरी सदस्यमा चयन भएका छन् ।

यस्तै बाँके जिल्ला क्षेत्र नं. २ प्रदेश सभा ‘क’ र ‘ख’ मा बिक्रम राणाको संयोजकत्वमा बसन्त हमाल, हासिम सिद्दिकी, रिसम बहादुर नेपाली, बसन्ती नेपाली र मुस्ताक अन्सारी सदस्यमा चयन भएका छन् ।

यस्तै बाके जिल्ला क्षेत्र न ३ प्रदेश सभा ‘क’ र ‘ख’ मा चन्तराम थारुको संयोजकत्वमा महेन्द्र थारू, कमल प्रसाद थारु, धुर्व राज थारू र सिताराम थारू र सदस्यमा चयन भएका छन् ।

यस्तै महाधिवेशन ब्यवस्थापन तथा सचिवालय समितिमा भूम बहादुर भण्डारीको संयोजकत्वमा सोमराज चौधरी, बलिराम चौधरी, राम कुमार थारू र आकाश बि.क. सदस्यमा चयन भएका छन् ।