डा.आरजु राणा देउवा नेपालगन्जमा

कोहलपुर ।

‘नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ अन्तरगत ‘स्वस्थ शहर अभियानका लागि कार्यशाला गोष्ठी’ मा सहभागी हुन डा.आरजु राणा देउवा नेपालगन्ज आईपुगेकी छन्

नेपालगन्ज उप महानगरपालिकाले होटल सिद्धार्थ भ्यूमा उक्त कार्यक्रम रहेको जनाएको छ । यस अघि नै सरकारले नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गरेको थियो ।

२०७८ साल २४ माघमा बसेको मन्त्री परिषद बैठकले नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको कार्ययोजना समेत पास गरेको थियो ।

सो क्रममा प्रतिनिधि सभाका सांसद आशा बि.क, संविधान सभा सदस्य एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, प्रदेश सांसदहरु सञ्जुकुमारी चौधरी, माया पुन, सुशिला नेपाली, मिना सिद्धिकी, काँग्रेसका अग्रज नेताहरु सुनिलनरसिंह राणा, निरञ्जनसिंह सिजापति, राजकुमार बर्मा, सुदिपनरसिङ राणा, पूर्व प्रदेश सांसद मोहम्मद याकुव अन्सारी, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह, पार्टीका जिल्ला सहसचिव बिनोद थारु, कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदी, खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, कांग्रेसका नेता तथा कार्यकर्ता, युवा, बिद्यार्थी लगायतको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।