५ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस




काठमाडौं ।

गृह मन्त्रालयले ५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसपी वसन्त रजौरे, रविकुमार पौडेल, नविराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गर्न सिफारिस गरेको हो ।

सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले एक सातापछि निर्णय गर्छ । त्यसअघि सिफारिसमाथि चित्त नबुझे उजुरी दिनसक्ने व्यवस्था छ ।

हेर्नुस् सूची

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक २५ गते शनिबार