महरालाई लुम्बिनीको नयाँ मुख्यमन्त्री बनाउन सहमति

लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दल नेता जोखबहादुर महरालाई नयाँ मुख्यमन्त्री बनाउनेसहित दलहरूबीच पाँच बुँदे सहमति भएको छ ।

माओवादी, नेकपा (एमाले), जसपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्ग बस्नेतले महरालाई मुख्यमन्त्री बनाउनेसहित सहमतिमा हस्ताक्षर गरेका हुन् ।

लुम्बिनीमा अहिले नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । उनले बहुमत जुटाउन नसक्ने देखेपछि पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

संघीय सरकार बनाएको गठबन्धनका दलहरू नयाँ मुख्यमन्त्री महरालाई बनाउन सहमत भएका हुन् ।

उनीहरूबीच प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्तिमा सरकारमा सहभागी सबै राजनीतिक दलहरू अपनत्व हुने गरी गर्ने लगायत सहमति पनि गरेका छन् ।