कोहलपुर नगरपालिका वडा नं -१ ले गर्‍यो विजया दशमीको शुभकामना आदानप्रदान

कृष्ण कुमार शाही, कोहलपुर

नेपालीहरूको महान पर्वको अवसरमा कोहलपुर १ ले तेक्वान्दो भवनमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्री प्रसाद जैसीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

विजया दशमी शुभ दिपावली तथा नेपाल सम्वत११४४ को पावन अवसरमा वडाबासीहरु लगायत सम्पूर्ण राजनितिक दल, व्यवसायी, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

वडा नं १ ले शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व वडा अध्यक्ष गोपि खनाल सहित वडा सदस्यहरुलाई सम्मान गरेको थियो । कोहलपुर वडा नं. १ का वडा सदस्य गङग कामीले स्वागत मतव्य राखेका थिए भने कार्यक्रम सहजीकरण कोहलपुर १ का वडा सचिवले गरेका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा लगायत नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, जनज्ञान ज्योती मा वि का प्र अ सुमित्रा न्यौपाने सहित सर्वसाधारण र सन्चारकर्मिहरुको उपस्थित रहेको थियो ।