काेहलपुर ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले धुर्मुस–सुन्तली फाउण्डेशनले बनाएको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री गहतराज काठमाडौंबाट आज चितवन पुगेर स्थलगत अनुगमन गरेका हुन् । तीन अर्ब लागतमा बन्न लागेको रंगशालाबाट धुर्मुस–सुन्तली फाउण्डेशनले हात झिकेपछि सरकारले आफै बनाउन लागेको हो ।
विभिन्न व्यक्ति वा संघसंस्थाको सहयोगमा बनाउन खोजेका धुर्मुस–सुन्तली भनेअनुसारको आर्थिक सहयोग नजुटेपछि हात झिकेका थिए । उनीहरुले हात झिकेपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल संघीय सरकारको सहयोगमा बनाउने बताएकी थिइन् । धुर्मुस–सुन्तलीले १७ करोडभन्दा बढी ऋण लागेको र अब नसक्ने भनेर हात झिकेका थिए ।
निर्माणाधीन क्रिकेट रंगशालामा मेयर दाहाल र फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस पनि पुगेका छन् । धुर्मुसले रंगशालाको अवस्था, भौतिक प्रगतिलगायतबारे ब्रिफिङ गरेका छन् ।


![]()
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्