‘समाजवादी क्रान्ति सफल बनाउन अभियान चालेका हौं ‘: युवा नेता अब्दुल हुसेन

कोहलपुर ।

नेकपा (एकीकृत समाजवादी) का युवा नेता खब्दुल हुसेन खाँले मूलुकले समाजवादी क्रान्ति सफल हुन बाँकी रहेको बताउँदै जनतालाई यसतर्फ समाहित हुन आग्रह गरेका छन् ।

नेकपा एसले असोज १४ गतेदेखि झापाबाट सुरू गरेको समाजवादी जागरण अभियान २०८० को ११औं दिन बाँकेको कोहरपुरस्थित न्युरोडमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता खाँले यस्तो बताएका थिए ।

पार्टीले जनताको जनजीविनसँग जोडिएका एजेण्डा तथा प्रमुख आधारमा मूल्याङ्कन हुने बताउँदै नेता खाँले जागरण अभियान अगाडि बढाएको बताए ।