Kohalpur Today Header Ads

माओवादी नेतालाई चढाउन डाक्टरहरूकाे ‘प्लेन टिकट’ खाेसियाे




मुगुमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मात्रिका यादवसहितका नेताहरूलाई चढाउन ताल्चा विमानस्थलबाट नेपालगञ्ज जान लागेका १६ जना चिकित्सकहरूले पाएकाे हवाई टिकट खाेसिएकाे छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो। टोलीमा डा.विमल पाण्डे, डा.व्यापक पौडेल, डा.सुरज बज्रचार्य, डा.गौरव ढकाललगायत रहेकाे बताइएको छ।

समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने बताएका थिए।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

त्यसपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेकाे स्राेतले बताएकाे छ। चिकित्सकहरूलाई त्यहीँ छाडेर अहिले विमान मुगुबाट उडिसकेको छ।

माओवादी उपमहासचिव यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने जानकारी पाएको चिकित्सहरूले बताएका छन्।

‘हामीले दुई हप्ताअघि नै आउने/जाने (टु वे)को टिकट काटेका थियौं। हाम्रो १६ जनाको समूह रहेको छ। समूहमा आजै शल्यक्रिया गनुपर्ने बिरामीसमेत हुनुहुन्छ। पाँच जनालाई यहीँ छाड्ने बताएपछि हामी कोही पनि गएनौँ। जहाज चाहिँ उडिसकेको छ,’ एक चिकित्सकले नाम नबताउने शर्तमा भने।

पूर्वमुख्यमन्त्री (महेन्द्रबहादुर शाही)लगायतले पावर लगाएपछि चिकित्सकलाई सिट नपुगेको बताइएकाे छ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मंगलबार