Kohalpur Today Header Ads

वीपी जयन्ति बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइयो




कोहलपुर ।

नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालोको ११० औं जन्मजयन्ति नेपाली कांग्रेस बाँकेले विभिन्न कार्यक्रम गरी मनाएको छ ।

नेपाली कांग्रेस बाँकेले आज विहान नेपालगञ्ज वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण गरेको थियो । पार्टी सभापति गौडेलले महामानव वीपीको शालिकमा माल्यार्पण गरेका थिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्तै बोल्दै गौडेलले बीपी कोइरालाको चिन्तनले मुलुकलाई समृद्ध बनाउन सकिने भन्दै वीपी विचारबाट दिग्भ्रमित हुन नहुनेमा जोड दिए ।

नेपालका सबै राजनीतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचार नै अनुकरण गरिरहेको भन्दै गौडेलले वीपी नेपाली राजनीतिका महान विचारक भएको बताए ।

कांग्रेस र कांग्रेसजनले वीपीले अघि सारेको गरेको आदर्श भूल्न नहुने गौडेलको भनाई छ । यस्तै कांग्रेस बाँकेले ‘वीपीको समाजवाद र आजको सन्दर्भ विषयक’ विचार गोष्ठीको पनि आयोजना गर्यो ।

सभापति गौडेलको सभापतित्व एवम् पूर्व मन्त्री गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न विचार गोष्ठीमा नेताहरु हेमन्त कर्माचार्य, अशोक बस्नेत र प्रल्हादबहादुर कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि हमालले वीपी कोइराला राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक र चिन्तक भएको बताए । उनले वीपीको समाजवादलाई व्यवहारमा लागू गर्न सके मुलुकले काँचुली फेर्न समय नलाग्ने बताए । आदर्शमा समाजवाद भएपनि व्यवहारमा हुन नसकेको भन्दै हमालले पार्टी बीपीको राजनीतिक चिन्तनको मार्गमा हिँड्नुपर्नेमा जोड दिए ।

दिवसकै अवसरमा तरुण दल बाँकेको आयोजना र नेपाल लोकतान्त्रिक खेलकुद संघको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिए ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार