बाँके कोहलपुरमा मसाल जुलुस नारा सहित विरोध कार्यक्रम सम्पन्न




कोहलपुर

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कोहलपुर नगर संगठन समितिको आयोजनामा एमसीसी, राष्ट्रियता लगाएत नगरको ११ नम्बर वडामा  २० बर्षदेखि अव्यवस्थित वसोवास गरि रहेका जनतालाई वैकल्पिक व्यवस्था गरेर मात्र उठाउन संघर्षको घोषणा गर्दै मसाल जुलुस नारा सहित विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

मसाल जुलुस र नारावाजि संगै कोणसभामा परिणत भै पार्टी जिल्ला सह–संयोजक तथा कोहलपुर नगर इन्चार्ज हरि न्यौपाने , वीर व परियार, प्रेम थापाले कोण सभालाई सम्बोधन गरेका थिए । सभाको संचालन तिलक गिरिले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ १३ गते बुधबार