राप्तीसोनारीमा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान विस्तारित बैठक

कविन्द्र परियार, राप्तीसोनारी ।

जनजनमा माओवादी घरघरमा माओवादी भन्ने नाराका साथ आइतबार राप्तीसोनारी गाउँपालिका वडा नं ५ चिलहरियामा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र राप्तीसोनारी गाउँपालिका कमिटिको आयोजनामा भएको कार्यक्रममा लुम्बनी प्रदेशका निर्वतमान मुख्य मन्त्री तथा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य कुल प्रसाद केसी सोनामको प्रमुख आथित्यतमा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति केसीले माओवादी जनताको पाटी भएको बताउदै माओवादीले गरेका राम्राकामहरुको प्रशंसा गर्नुपर्ने बताए ।

साथै उनले माओवादीको योगदानका कारण देशमा भएको परिवर्तन र उपलब्धी बारे समेत जानकारी गराउनु पर्ने पाटीका नेता कार्यकर्ताको दायित्व भएको बताए ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा अभियानका राप्तीसोनारी गाउँपालिका इन्चार्ज दुर्गा प्रसाद थारु कविरले माओवादी पाटी सुदृढीकरण ३ महिने अभियानले माओवादी पाटी र जनता बिचको सम्बन्धलाइ प्रगाढ बनाउनुका साथै उनले यो अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नं १ देखी ९ सम्मका पाटी अध्यक्ष तथा प्रतिनिधिहरुले वडामा पाटीको वस्तु स्थिती बारे जानकारी गराएका थिए । कार्यक्रममा माओवादी पाटी ३ महिने सुदृढीकरण अभियानका लागी वडाहरुमा इन्चार्ज समेत तोकिएको छ ।

माओवादी केन्द्र राप्तीसोनारी गाउँपालिका अध्यक्ष चिम बहादुर घर्ति निर्मलको सभापतित्वमा भएको कार्यक्रममा वाइसियल नेपाल लुम्बिनी प्रदेश सह-इन्चार्ज दिपक मल्ल माओवादी केन्द्र बाँके इन्चार्ज नरेन्द्र पाण्डे जेम्स विभिन्न नेता कार्यकर्ताहरुको लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको माओवादी केन्द्र राप्तीसोनारी गाउँपालिका सचिव सुर्य प्रकाश घर्तिले संचालन गरेका थिए ।