प्रेस सेन्टर काेहलपुर समितिकाे वार्षिकोत्सवमा एक दर्जन अग्रज सम्मानित

काेहलपुर ।

प्रेस सेन्टर नेपाल काेहलपुर नगर समितिकाे प्रथम वार्षिकोत्सव सम्पन्न भएकाे छ । बिहिबार काेहलपुरस्थित सहिद स्मृति भवनमा भब्यताका साथ प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे हाे ।

नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य तथा काेहलपुर नगरपालिका अभियान संयाेजक दामा शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा विभिन्न अग्रज संचारकर्मिलाई सम्मान गरीएकाे छ ।

लामाे समयदेखि संगठनमा आवद्ध रहि संगठनकाे बिकास र बिस्तारमा महत्वपूर्ण भुमिका खेलेका एक दर्जन अग्रजहरूलाई दाेसल्ला ओढाएर सम्मान गरीएकाे हाे ।

सम्मानित हुनेहरूमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, नीति तथा परामर्श समिति सदस्य सुशील लामिछाने, केन्द्रीय सदस्यद्वय शिव सुनार र डा. डक्ट प्रसाद धिताल, प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिवद्वय आलम खान र गजेन्द्र गुरूङ, प्रदेश सदस्य हेमन्त चाैधरी, पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा, प्रेस सेन्टर नेपाल बाँके जिल्ला अध्यक्ष राजेश आचार्य, उपाध्यक्ष सीता वली र सचिव केपि घिमिरे रहेका छन।

कार्यक्रममा “स्व. दिप बहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार-२०८०” बाट अनिता विश्वकर्मा पुरस्कृत भएकी छन ।

प्रेस सेन्टर नेपाल काेहलपुर समितिका सचिव शुभाखर विश्वकर्माका दिवंगत बुवा दिप बहादुर विश्वकर्माकाे स्मृतिमा स्थापना गरीएकाे पुरस्कारबाट प्रेस सेन्टर नेपाल बाँकेकी काेषाध्यक्ष समेत रहेकी विश्वकर्मा पुरस्कृत भएकी हुन । उनलाई कार्यक्रमका प्रमुख अतिथि दामा शर्माले पाँच हजार नगद सहित कदरपत्र प्रदान गरेकी थिईन ।

त्यसैगरी काेहलपुर नगरपालिकाबाट पुरस्कृत भएका डिल्ली शाहि र शुभाखर विश्वकर्मालाई समेत कदर पत्र प्रदान गरीएकाे थियाे ।

प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिका अध्यक्ष पुष्पराज हमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्य विभिन्न संगठन छाडेर प्रेस सेन्टर नेपालमा आवद्ध हुन आएका पाँच पत्रकारलाई स्वागत गरिएको थियो ।