बैजनाथबाट भ्रष्टाचार विरुद्धको अभियान सुरु




बैजनाथ ।

बाँकेको बैजनाथ गाउँपालिकाबाट भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको छ ।

मंगलबार अखिल क्रान्तिकारी विद्यार्थी संगठनले भ्रष्टाचार विरुद्धको जागरण तथा संगठन बिस्तार अभियान-२०८० अनुसार १ महिने अभियान सुरु गरेको हो ।

बैजनाथ गाउँपालिकाका ३ माध्यामिक विद्यालयहरुमा संगठन निर्माण गर्दैै यो अभियान सुरु गरेको अखिल क्रान्तिकारी विद्यार्थी संगठनका बैजनाथका अध्यक्ष तथा जिल्लाका सहसचिव प्रदिप बोहराले जानकारी दिए ।

बोहराका अनुसार एक महिनामा बाँके जिल्ला भरी नै यो अभियान तिव्र रुपमा लैजाने योजना रहेको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ ६ गते बुधबार