बैजनाथबाट भ्रष्टाचार विरुद्धको अभियान सुरु

बैजनाथ ।

बाँकेको बैजनाथ गाउँपालिकाबाट भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको छ ।

मंगलबार अखिल क्रान्तिकारी विद्यार्थी संगठनले भ्रष्टाचार विरुद्धको जागरण तथा संगठन बिस्तार अभियान-२०८० अनुसार १ महिने अभियान सुरु गरेको हो ।

बैजनाथ गाउँपालिकाका ३ माध्यामिक विद्यालयहरुमा संगठन निर्माण गर्दैै यो अभियान सुरु गरेको अखिल क्रान्तिकारी विद्यार्थी संगठनका बैजनाथका अध्यक्ष तथा जिल्लाका सहसचिव प्रदिप बोहराले जानकारी दिए ।

बोहराका अनुसार एक महिनामा बाँके जिल्ला भरी नै यो अभियान तिव्र रुपमा लैजाने योजना रहेको बताए ।