कोहलपुरका नगर प्रमुख आचार्यले कक्षा ६ मा अध्ययन गर्ने ६१ वर्षिया गिरीलाई गरे सम्मान

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयमा ६१ वर्षिया प्रेम कुमारी गिरी कक्षा ६ मा अध्ययनरत छिन् ।
उनी कोहलपुर नगरपालिका वडा नं. ५ की स्थानिय बासिन्दा हुन् ।

‘इच्छा शक्ति हुने हो भने पढाईलाई न समयले छेक्छ न त उमेरले’ भन्ने गतिलो उदारण बनेकी छिन् । गिरीले हरेक व्यक्तिले शिक्षा अनिवार्य लिनुपर्ने र पढाई भन्दा अरु केही नभएको उनी जिकिर गर्छिन् ।

उनीलाई कोहलपुर नगरपालिकाले सम्मान गरेको छ । ‘विद्यार्थीसंग मेयर कार्यक्रम’ मा कोहलपुर नगरपालिकका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले ६१ वर्षिया प्रेम कुमारी गिरीलाई सम्मान गरेका हुन् ।

कोहलपुरमा सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर बृद्धि भएको र आफुले सिक्न उत्साहित भएको भन्दै नगर प्रमुख आचार्यलाई गिरीले धन्यवाद दिइन् ।

गिरीले आफ्ना नातीनातिनासंग पढन पाउँदा र छोराहरुले मलाई सिकाउँदा आफू निकै खुसी भएको गिरी बताउँछीन् ।

कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी, विद्यालयका प्रअ, विव्यस अध्यक्ष, वडा अध्यक्ष लगायत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

गिरी ६ सन्तानकी आमा हुन् । उनका छोराछोरी आ-आफ्नो ब्यापार ब्यावसायमा सक्रिय छन्। कान्छि छोरी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा छिन् ।