Kohalpur Today Header Ads

कोहलपुरमा रास्वपाको कार्यालय स्थापना




कोहलपुर ।

राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितीको कार्यालय स्थापनासँगै उद्घाटन गरीएको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले कोहलपुर शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

कोहलपुर नगरपालिका वडा नं. ११ फुलबारीटोलमा स्थापना गरीएको पार्टी कार्यालयबाट नगर पार्टीका सम्पूर्ण गतिविधिहरु संचालन गरीने राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर सभापति भरत पनेरुले जानकारी दिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

पार्टी कार्यालयको उद्घाटन गर्दै महामन्त्री अधिकारीले स्वतन्त्र पार्टी उचित समयमा उचित निर्णयका साथ जनताका बिचमा आएको बताए । उनले आफ्नो पार्टीबाट जनताले चाहेको परिवर्तन सम्भव भएको दाबी समेत गरे ।

अब समाज परिवर्तको बेला भएकाले पुराना कुरा बिर्सेर सबै नागरिक एक हुनुपर्ने बताउादै अधिकारीले भने, ‘बोल्नुभन्दा पनि काम गर्ने कुरामा हामीले जोड दिएका छौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक ढाँचामा केन्द्रीय समिति, प्रदेश समिति, पालिका समिति र वडा समिति रहेको नगर सभापति पनेरुले बताए । पनेरुले पार्टीको सदस्यता लिनका लागि कुनै पनि मापदण्ड नरहेको बताए ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन २० गते शनिबार