बाँकेमा टिभिआरएस लागु हुँदै




काेहलपुर ।

बाँकेमा बढ्दै गएको सवारी दुर्घटना र मापसे बापत संकलन हुने राजस्व अब सिधै बैंकमा जम्मा गर्न सकिने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्षको शुरुवातसंगै लागु गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व बुझाउन सकिने उनले बताए । बाँकेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुर, अस्थाई ट्राफिक प्रहरी पोष्ट नेपालगञ्ज र चिसापानीमा ट्राफिक प्रहरीबाट हुने कारवाही तथा राजश्व ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट हुने हुँदा अनलाईन (इसेवा, फोन पे, कनेक्ट आइपीएस र मोबाइल बैंकिङबाट गर्न सकिने छ ।

सथै ट्राफिक प्रहरीको अनलाईबाट भुक्तानि गर्न इच्छुक नभएका ब्यक्तिहरले राष्ट्रिय वाणिज्य बैंकमा भौचर मार्फत रकम भुक्तान गरी सम्बन्धित कार्यालयमा राखिएका आफ्ना कागजपत्र लिन सकने छन् । साथै मापसेमा परेका ब्यक्तिहरुले आफ्ना कागजात लिनका लागि प्रत्येक दिन हुने कक्षामा अनिवार्य सहभागी हुनुपर्ने छ ।

सो कक्षा दैनिक बिहान ८ बजे सञ्चालन हुँदै आएको समेत सुनारले जानकार दिए । यो सेवा लुम्बिनी प्रदेशका बाँके, दाङ र रुपन्देही जिल्लामा सोमबारदेखि सञ्चालन हुन लागेको हो । जसले गर्दा ट्राफिक प्रहरीको कार्यालयमा पुग्नु पर्ने बाध्यताबाट सवारी चालकहरु मुक्त हुने छन् भने सवारी चलाउँदा अनिवार्य कागजात बोक्नुपर्ने बानीको विकास हुने बुझाइ छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतबार