काेहलपुर ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएका छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुले बिहीबार सूचना जरी गर्दै यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हाल चलिरहेका परीक्षा स्थगित हुने जनाएको छ ।
कोरोनाको ओमिक्रोन भेरियन्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण परीक्षा स्थगित गर्नुपरेको त्रिविले जनाएको छ ।
बिहीबार बसेको परीक्षा सञ्चालक समितिको बैठकले त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।
बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले परीक्षा केन्द्रहरूको अनुगमन गर्न निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना नभएको भए परीक्षा स्थगित गर्न निर्देशन दिएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्