‘मोड’ को तीन वर्षपछि ‘लुकेको वासना’ पुस्तक विमोचन

कोहलपुर ।

साहित्यकार तथा उपन्यासकार अन्जु न्यौपानेको मोडपछि तीन वर्षपछि लुकेको वासना पुस्तक विमोचन भएको छ । बुधबार हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा न्यौपानेको पुस्तक ‘लुकेको वासना’ पुस्तक विमोचन भएको छ । प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जान र वरिष्ट साहित्यकार सनत रेग्मीले उपन्यासको विमोचन गनुभएको थियो ।

विमोचन गर्दै रेग्मी यो उपन्यास बैचारिक रुपमा सफल र आख्यानको रुपमा कमजोरको रुपमा औल्याएका थिए । यो उपन्यासले नारिवादीका उपन्यास भनेर पनि चिनिन्छ जसलाई विपी कोइरालाले तीन किसिमले चर्चा परिचर्चा गरेको रेग्मीले बताउनुभयो । नागरिवादी उपन्यास एकदमै राम्रो छ तर उपन्यासमा पात्र नै अन्त्यमा स्खलित भएको पाइएको छ यो पक्ष राम्रो नभएको औल्याएका थिए । तर यसले समाजमा रहेका विकृती र विसंगतीको विरुद्धमा लड्नका यो उपन्यासले महत्वपूर्ण योगदान दिने रेग्मीले बताउनुभयो ।

रेग्मीका अनुसार समसामायिकता र मन भित्र कुण्ठित पारेर राखेका कुराहरु तथा महिलाहरुको मनोविज्ञानमा आधारित उक्त उपन्यासले धेरैको मन जित्नेमा विश्वस्त रहेको बताउनुभएको थियो । रेग्मीले यो उपन्यासले जीवनका अप्ठ्यारा बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित भएको बताउनुभयो । महिलाहरुको जीवन पद्धतिको रोचक वर्णनले पुस्तकले जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ ज्ञान समेत पस्किएको उहाँको तर्क थियो ।

कार्यक्रममा बोल्दै लेखक न्यौपानेका अनुसार यौन साथीबीचमा कुरा नमिल्दा दरार पैदा हुने र मानसिक तनाव, कुण्ठा चिन्ता उत्पन्न हुने कुरा आफ्नो उपन्यासमा समावेश गरेको बताउनुभयो । यौन चाहना तथा सन्तुष्टि पूरा नभएको खण्डमा धेरै महिलाहरु मानसिक रोगको सिकार हुने गरेका धेरै घटना देखिएको पुस्तक मार्फत वकालत गरेको न्यौपानेले बताउनुभयो ।

यस्तै साहित्यकार, समालोचक ईश्वरी रिजालले लुकेको बासनाको को समिक्षा समेत गर्नुभएको थियो । उहाँले समिक्षासंगै लेखनलाई अझै निखार ल्याउन केही शब्द सुधार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महिला व्यवसायी संगीता सुवेदी, पत्रकार पोषण के.सी., साहित्यकार सुमित्रा न्यौपाने लगायतले मन्तव्य राख्दै न्यौपानेलाई शुभकामना व्यक्त गरेका थिए ।

न्यौपानेको पहिलो उपन्यास ‘मोड’

न्यौपानेको पहिलो उपन्यास ‘मोड’ तीन वर्षपहिले कोहलपुरमा विमोचन भएको थियो । ‘मोड’ उपन्यास सशक्त रुपमा आम महिलाहरुको जनजीवनका सवालहरुलाई उठान गरेको थियो । पुरुषहरुकै दाँजोमा सो उपन्यास आउनु एउटा चुनौती विषय थियो जसले सकारात्मक सन्देश दिन्र्थो । मोेडले समाज परिवर्तनको अपेक्षा राखेको थियो ।