बालापुरका अग्नि पीडितलाइ तीन लाख बढी राहत वितरण

कविन्द्र परियार । 

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ८ का अग्नि पीडितलाई सोमबार ३ लाख बढी राहत वितरण गरिएको छ । गत बैशाख २० गते भएको आगलागीबाट पीडितहरुका लागी समाजसेवी मोहन गौतमको पहलमा संकलन भएको ३ लाख १० हजार १ सय ९१ रुपैया राहत रकम वितरण गरिएको हो ।

आगलागीका घरगोठ गरगहना, नगद खाद्यान्न जलेर नष्ट भएका चुनलाल थारुलाइ १ लाख ४१ हजार ५ रुपैया गोठमा आगलागीका कारण भैसी,र भेडा बाख्रा जलेका कमला गिरीलाइ १ लाख ८ हजार तुल्सा गिरीलाइ ५१ हजार १ सय ५ रुपैया र गिता कुसारी गिरीलाइ १० हजार ८१ नगद हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमको .आयोजना गरी सामाजसेवी गौतमले सो रकम हस्तान्तरण गरेका हुन ।

 

गौतमले सामाजिक संजाल मार्फत सहयोग अभियान सुरु गरेका थिए । सो अभियानमा राप्तीसोनारी ८ र ९ का अमेरिका लगायत प्रवासमा रहेका युवाहरु समाजसेवी उद्योगी सर्वसाधारणले सहयोग गरेका थिए । सहयोग पछि कार्यक्रममा बोल्दै गौतमले दुखको समयमा सहयोग गर्नु मानवियता देखाउनु नै धर्म भएको बताउदै सहयोगी मनहरुलाइ धन्यवाद ज्ञापन गरेका गरेका थिए ।

 

कार्यक्रममा बोल्दै मध्यविन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर विष्टले विपतको बेलामा सहानुभुति देखाइ सहयोग गर्नु स्रहानिय काम भएको बताउदै मध्यविन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको तर्फ बाट १५ हजार रुपैया सहयोग गरेका थिए ।गत बैशाख २० गते बिहिबार दिउँसो १२ बजे भएको आगलागीमा बालापुरका चुनलाल थारु, कमला गिरी र तुल्सा गिरीको घर र गोठमा आगलागी हुदा करिब ३५ लाख बरावर क्षति भएको थियो ।