कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नं. ८ मा वडा कप आजबाट सुरु भएको छ । २०८० सालको महान पर्व वडादसैको अवसरमा भएको वडा कप आजबाट सुरु भएको हो ।
कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथ्यतामा वडा कप आजबाट सुरु भएको हो ।
सो कपमा १० विधामा खेलकुद प्रतियोगिता हुन लागेको हो । पहिलो दिनमा सितल छाया सामुदायिक वन र ज्योति सामुदायिक वन बिच भएको थियो । खेलमा सितल छाया सामुदायिक वनले १ गोल गर्दै विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा फुटबल, भलिबल, व्याटमिन्टन, १०० मिटर दौड, घैटो फुटाउने, सटफूट, कुर्सी दौड, सियो धागो, स्विट रेस लगायतका रोचक प्रतियोगिता हुन लागेका छन् ।
प्रतियोगितामा स्विट रेस र १०० मिटर दौड बाहेक सबैमा खसी र प्रमाण पत्र रहेको छ भने स्विट रेस र १०० मिटर दौडमा भने नगद पुरस्कार सहित प्रमाण पत्र रहेको छ ।

कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, राखेपका सदस्य तथा पूर्व क्रेकेट कप्तान एलवी क्षेत्री, कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी, १२ का विरेन्द्र शाह लगायत स्थानियहरुको सहभागिता थियो ।
आज नै साँझ ५ बजे पिपरी चोक टोल विकास समिति र सितल नगर टोल विकास समिति विच फूटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्