कोहलपुरमा बालक मृत फेला, भवितव्य की हत्या ?

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-७ रजगढवामा रहेको आरती सामुदायिक वनभित्र बालक मृत अवस्थामा फेला परेको छ । विहान करिब १० बजेतिर बालक मृत अवस्थामा फेला परेको प्रहरीलाई खबर आएपछि घटना स्थलमा पुगेको थियो ।

जानकी गाउँपालिका-६ का १६ वर्षिया शिव लोनिया मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्लले जानकारी दिए ।

‘घटना स्थलमा अनुसधान भैरहेको छ, केही व्यक्तिहरुलाई पक्राउ गरिसकेका छौं ।’ कोहलपुर टुडेसंग कराकानी गर्दै मल्लले भने, भवितव्य की हत्या गरिएको भन्ने बारे अहिले नै पुष्ठी गर्न सक्ने अवस्था भने छैन, हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौं ।’

‘एक ठाउँमा हत्या गरिएको र अर्को स्थानमा शव भेटिएको छ, मल्ले भने, मृतकको टाउको र छातीमा चोट लागेको देखिन्छ ।’ स्थानीयका अनुसार दाउरा लिनको लागि वनमा गएका थिए ।

मृतकको अंकलले दिएको बयान अनुसार सालको हाङ्गा खसाल्दा चोट लागेर मृत्यु भएको भनिएपनि घटना शंकास्पद रहेको मल्ले बताए । अहिले पोेष्टमार्टमका लागि नेपालगञ्ज भेरी अस्पतालमा लगिएको छ भने थप अनुसन्धान चलिरहेको छ ।