शिवशक्तिमा ‘नो बुक, नो ब्याक’ कार्यक्रमले विद्यार्थी उत्साही

हरेक हप्ताको शुक्रबार अतिरिक्त क्रियाकलापले बालबालिकाकोे सिर्जनात्मक कला र प्रस्फूटन गर्ने क्षमता बृद्धि भएको छ : प्रअ सापकोटा

डिल्ली शाही, बाँके ।

‘हामीले हाम्रो सिर्जना, कलालाई देखाउने र प्रस्फूटन गर्ने स्थान खोजेका थियौं,’ कक्षा ८ का अर्जुन पुन मगर भन्छन्, ‘अहिले त्यो स्थान पाएका छौं ।’ आफू भित्रको प्रतिभा के छ ? भन्ने थाहा पाउन सहज र सरल भएको पुन मगर बताउँछन् ।

‘किताबी ज्ञान भन्दा बाहिरी ज्ञान पाउँछौं, अहिले स्थानिय पाठ्यक्रम तयार भएको छ’ भन्छन् कक्षा ६ मा अध्ययनरत मुस्कान खातुन । सो पाठ्यक्रममा सहयोग हुने र विश्व परिबेशमा के भईरहेको छ ? भन्ने थाहा हुन्छ जसले अध्ययन अध्यापनमा पनि ठुलो सहयोग पुगेको खातुनले बताउँछिन् ।

उनी जस्तै अरु साथीहरुले पनि विद्यालयका न झोला ल्याएका छन् न किताब ल्याएका छन् । ल्याएका छन् केवल कापी र कलम । यो कोहलपुर २ प्रेमनगरमा अवस्थित छ शविक्ति आवि ।

यहाँ हप्ताको फरक फरक तरिकाले निबन्ध, चित्रकला, बतृत्वकला, हाजिरिजवाफ, चित्रकला, कविता, गजल, लगायत अन्य च्याउँ खेती, फलफूलका विरुवा उत्पादन गर्ने क्रियाकलाप समेत हुन्छ ।

किताबी ज्ञान भन्दा बाहिरी ज्ञान प्राप्त गदौ बालबालिकाहरुमा थप उर्जा मिलेको विद्यार्थीले बताउँछन् । अहिले शिवक्ति आविमा ४ सय ५० भन्दा बढि बालबालिका छन् । बालबालिकाहरुलाई आफ्नो प्रतिभा सुनाउन पाउँदा निकै उत्साहित छन् ।

‘बालबालिकाहरुसंग थुप्रै प्रतिभाहरु छन् जुन हामीले हरेक शुक्रबार देख्न पाउँछौं,’ शिवक्ति आविकी कक्षा २ की ग्रेट शिक्षिका रेखा सुनार भन्छिन्, ‘अहिले हरेक बालबालिकाहरुले केही न केही प्रतिभा गाउँछन्, सुनाउँछन्, नाच्छन्, जुन भित्री आवरणसंगै बाहिरी आवरणको विषय हो ।’

अभिभावकले पनि आफ्नो छोराछोरीले प्रतिभा देखेर प्रफूल्ल हुनुभएको छ, जसले हामीले पनि अझै यो ‘नो बुक, नो ब्याक’ सुरु भएदेखि बालबालिका निकै उत्साही छन्’ शिक्षिका सुनारले बताउँछिन् ।

‘नो बुक, नो ब्याक’ कार्यक्रमलाई अघि सारेको छौं आज यो चौथो हप्ता हो शिवक्ति आविका प्रअ बद्रि सापकोटा भन्छन्, उत्साहपूर्ण, रमाइलो तरिकाले बालबालिका सहभागि भएका छन् ।

‘कक्षा १ देखि ८ सम्मका एउटै टोकरीमा राखेर मुल्यांकन नहुने भएकोले तहगत रुपमा कक्षा १-३, ४-५, ६-८ विभाजन गरी अतिरिक्त क्रियाकलाप गरिरहेका छौं,’ उनी भन्छन्, ‘हरेक हप्तामा उत्कृष्ट प्रतिभा देखाउने बालबालिकालाई प्रत्येक वर्षको बाल दिवसको दिनमा पुरस्कार वितरण गर्ने व्यवस्था गरेका छौं ।’

प्रअ सापकोटा भन्छन्, ‘पढ्न सकेन, लेख्न सकेन, कमजोर भयो भनेको मान्दैन, उदण्ड हुन्छ भन्ने सुनेका हुन्छौं तर गलत हो, ‘किनकी बालबालिकाले खोजेको जस्तो शिक्षा र अवसर प्राप्त गर्न सकेन यि क्रियाकलाप गर्न सक्छ तर यहाँ त्यो छैन ।’

शिवक्तिमा अझै अर्को ‘प्रतिभा पहिचान कार्यक्रम’ समेत समूहगत रुपमा विभाजन गरी सञ्चालन गरिरहेका छ । जसमा च्याउ खेती उत्पादन, फलफूलका विरुवा उत्पादन गर्ने निति राखेको प्रअ सापकोटा बताउँछन् ।

‘नो बुक, नो ब्याक’, ‘प्रतिभा पहिचान कार्यक्रम’ गरी २ कार्यक्रमहरु विद्यालयले सञ्चालन गर्दा आर्थिक समस्या हुने गरेको प्रअ सापकोटा बताउँछन् ।