नहरमा डुवेर बालकको मृत्यु, अझै खुलेन पहिचान

कोहलपुर ।

कोहलपुर नगरपालिका ६ रझेनामा एक बालकको डुबेर मृत्यु भएको छ ।

शनिबार विहान करिब ८ बजेतिर नहरमा पौडि खेल्ने क्रममा करिब ११ वर्षको बालक डुबेर मृत्यु भएको इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

पौडि खेल्न भनि नहरमा दुइ जनालृ हाम फालेको र नहरमा पौडि खेल्न नआएपछि स्थानियहरुले एक जनालाई उद्दार गरे तर अर्कोको भने नहरमा बेपत्ता भएपछि प्रहरीलाई खबर गरेको स्थानिय बताउँछन् ।

अर्को साथी स्थानियले नहरबाट बाहिर निकालेपछि फरार भएपछि मृत बालकको पहिचान खुृल्न समस्या भएको डिएसपी भण्डारीले जानकारी दिए । ‘मृतक बालक को हुन् ? भन्ने अझै पत्ता लागेको छैन, ‘त्यसको खोजी कार्य जारी गरेका छौं ।’ भण्डारीले भने ।