राप्तिसोनारी गाउँपालिमा सल्यानी समाजकाे अध्यक्षमा नुमा बिक

काेहलपुर ।

राप्तीसाेनारीमा सल्यानी समाज बाँकेकाे नयाँ कार्यसमिति निर्माण भएकाे छ । सल्यानी समाज बाँकेका अध्यक्ष दशरथ चन्दकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राप्तीसाेनारी गाउँपालिका उपप्रमुख धनमाया बिककाे प्रमुख अतिथ्यतामा साे पालिका स्तरीय भेला सम्पन्न भएकाे हाे ।

 

साे भेलाबाट राप्तीसाेनारी गाउँपालिकाकाे अध्यक्षमा नुमा बिक सहित १३ सदस्यी नयाँ कार्यसमित चयन भएकाे सल्यानी समाज बाँकेका अध्यक्ष चन्दले बताए ।