Kohalpur Today Header Ads

नेपाल घर बहाल उपभोक्ता मन्च बाँकेद्धारा निलसागर आश्रमलाइ खाद्यन्न सहयोग




कोहलपुर ।

घर बहाल सरोकार महासंघ नेपालको १४ औं स्थापना दिवस तथा बहाल दिवसका अवसरमा मंगलबार नेपाल घर बहाल उपभोक्ता मन्च बाँकेले कोहलपुर स्थिति निल सागर आश्रममा खाद्यान्न सामाग्री सहयोग गरिएको छ । सहयोग कार्यक्रममा बोल्दै नेपाल घर बहाल उपभोक्ता मंच बाँकेकी अध्यक्ष राधा गौतमले महासंघको १४ औं स्थापना दिवसका अवसरमा सामाजिक तथा मानवीय काम गर्ने सोच बनाएर निलसागरमा रहेका नागरिकहरुलाइ खाद्यान्न सहयोग गरिएको बताइन।

अरु कार्य भन्दा यो उत्तम र मानवीय कार्य भएको महसुस गरेर स्थापना दिवसका खाद्यान्न सहयोग गरेका हौ गौतमले भनिन! कार्यक्रममा बोल्दै नेपाल घर बहाल मंचका केन्द्रिय कोषाध्यक्ष तिलकसिंह कार्कीले मंचले बेला बेलामा विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएको बताउदै यसपटक स्थापना दिवसका अवसरमा सामाजिक र मानवीय कार्य अनुरुप थोरै भएपनी खाद्यान्न सहयोग गरिएको बताए! कार्यक्रम बोल्दै मंन्चका सल्लाहकार डोलराज अर्याल सकेसम्म घर परिवारमै जेष्ठ नागरिक बस्न वातावरण सिर्जना गर्नुपर्ने बताए उनले विरक्त भाएर घर छोडेर आश्रम जानुपर्ने स्थिति आउनु भन्दा परिवारमा प्रेम पुर्वक बस्ने वातावरण कायम राख्नुपर्नेमा जोड दिए ।

LIfe Ok

खाद्यान्न अन्तरगत दाल,चामल ,तेल लगायतका सामाग्री सहयोग गरिएको थियोे । निल सागर आश्रमकि संयोजक मन्चका पदाधिकारीलाई मायाको चिनो स्वरूप सम्मान पत्र प्रदान गरेकी थिइनँ । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष मेघराज अधिकारी विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते मंगलबार