विद्यालयको जग्गा कब्जा गर्न खोज्दै भूमाफिया : रातारात भत्काईन्छ पर्खाल र पिल्लर अनि खनिन्छ बाटो !

कोहलपुर ।

सरकारी जग्गा कब्जा गर्न रातारात पर्खाल र पिल्लर अनि खनिन्छ बाटो । एउटा अच्चमको घटना राम माविमा छ । बाँकेको कोहलपुर नगरपालिका १४ मा रहेको राम माध्यामिक विद्यालयले वरीपरी पर्खाल बनाउन लागेको छ ।

पश्चिमतर्फको पर्खाल बनाउन लाग्दा विभिन्न अतिरिञ्जत खेलहरु भइरहेको देख्न पाइन्छ । चैत २९ गतेको राती पर्खाल र पिल्लर भत्कियो त्यसपछि अदालतमा स्टेअडरका लागि निवेदन दिए ।

अदातलको स्टेअडर समेत अपहेलना गरी असार १७ गते राती बाटो खन्ने प्रयास गरियो ।

कोहलपुर टुडेसँग कुराकानी गर्दै, ‘पर्खाल निर्माण गर्न लागेको बेलामा गोविन्द्र लामिछानेको श्रीमती कमला लामिछाने पटक पटक पर्खाल र पिल्लर भत्काईदिन्छु यहाँ बाटो हुनुपर्छ’, भन्दै धम्की दिनुहुन्थ्र्यो,’ निर्माण व्यवसायी विमल बुढा भन्छन्, चैत २९ गतेको राती पर्खाल र पिल्लर भत्कियो अहिले (असार १७ गते) राती बाटो खनियो तर कसले भत्कायो भनेर हामी भन्न सक्ने अवस्थामा छैन ? किनकी पर्खाल र पिल्लर भत्काएको बाटो खनेको हामीले देखेनौैं ।’

पर्खाल र पिल्लर भत्काएपछि नेपाल प्रहरी, नगर प्रहरी, वडा अध्यक्ष, विद्यालयका प्रअ लगायत स्थानियहरुले करिब ७१ हजार बराबर क्षति भएको र यसको असुल उपर गर्ने गरी निर्णय गरेको निर्माण व्यवसायी बुढाले बताउँछन् ।

विद्यालयको पश्चितर्फ करिब १ सय ५० मिटर पिल्लर सहितको पर्खाल निर्माण करिब २० लाखमा विमल कन्ट्रक्सनले २०८० चैत २ गते सम्झौता गरी काम गरेको विद्यालयका प्रअ जितेन्द्र यादवले बताउँछन् ।

यादवका अनुसार विद्यालयको ९ विगाह १२ कठ्ठा २ धुर जग्गा रहेको विद्यालयको नाममा समेत लालपूर्जा छ । विद्यालयले आफ्नो जग्गाको वरीपरी पर्खाल लगाउने योजना सहित कोहलपुर नगरपालिकाले ठेक्का खोलेको थियौं २०८१ जेष्ठ १५ गतेसम्म निर्माण सम्पन्न गर्न सम्झौता भएको उनको भनाई छ ।

निवेदन पश्चात बैशाख ३ गते दिएको आदेशमा भनिएको छ, सो क्षेत्रमा १५ दिनसम्म कुनै काम नर्गनु÷नगराउन भनिएको छ तर पुनः अवैध रुपमा असार १७ गते राती डोजरले करिब ५० मिटर विद्यालयको जग्गामा बाटो बनाउने प्रयास गरिएको विद्यालयका प्रअ जितेन्द्र यादवले बताए ।
अदालतले केही नर्गनु÷नगराउनु भनिएता पनि कमला लामिछाने कै नेतृत्वमा विद्यालयको जग्गामा बाटो बनाउने प्रयास गरिएको आरोप लगाए । उनले यति मात्र होइन, लामिछानेले पर्खाल र पिल्लर भत्काएको आरोप लगाए ।

‘सरकारी विद्यालयको जग्गा संरक्षण गर्ने हाम्रो दायित्व हो’, ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नम प्रसाद आलेले भने, ‘त्यसको लागि कानूनी प्रक्रियामा गइसकेका छौं ।’

विद्यालयको जग्गामा बाटो चाहिएको भन्दै कमला लामिछानेले पटक पटक आग्रह गरेको तर सामुदायिक विद्यालय नाममा भएको जग्गा विभिन्न अनैतिक क्रियाकलाप देखाउने गरेको उनको आरोप छ ।

आरोप लगाइएकी कमला लामिछानेले कोहलपुर टुडेसंग कुराकानीमा ‘रातारात पर्खाल, पिल्लर र बाटो भत्काए आरोप सबै झुटो हो’, ‘तर हामीलाई निकास चाहियो ।’

‘२०५६ सालमा रमेश खटिकबाट २२ कठ्ठा ५ घुर किनेका थियौं, सो जमिनमा घरपरिवार बस्ने गरेका छौं’ उनले भनिन्, ‘पहिले बाटो छ या छैन भन्ने थाहा भएन तर अहिले विद्यालयले पर्खाल निर्माण गर्ने बेला जग्गा नापचाँज गर्दा थाहा भयो बाटो छैन भनेर ।’

अहिले २ करोड भन्दा बढि लगानी घर बनाउँदा लागेको छ अब बाटो भएन भने कसरी आवातजावत गर्ने ? यसको निकास हुनुपर्ने उनको भनाई थियो ।

बाटो निकासका लागि अदातलमा बैशाख ३ गते दिएको निवेदन दिएको र यहि २६ गते पेश्की भएकोले अदातलले जे भन्छ त्यहि मानेर अगाडी बढ्ने लामिछानेको छ ।