बिहे गर्छु भन्दै होटेलमा बोलाए, बलात्कार गरे अनि साथमा भएको रकम लुटेर फरार भए

जबरजस्ती करणी गरेर महिलासँग भएको गहना तथा नगद लुटपाट गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्‍चोक तिमाल गाउँपालिका वडा नं–९ घर भई हाल बनेपा डेरा गरी बस्ने ३० वषिर्य विश्व तामाङ रहेका छन्।

विवाहको प्रलोभनमा जेठ २९ गते काठमाडौंको भोटेबहालमा रहेको एक गेष्ट हाउसमा लगेर २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको र साथमा रहेको १ लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार रहेका उनलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका तामाङमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को अनुसार काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।