रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु, ६ घाइते

रोल्पा ।

रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु गम्भीर घाइते भएका छन् ।

मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार जिपमा ११ जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धार खटिएको थियो ।