बालबालिकाको साहित्य, सिर्जना र कला : साइबर अपराध

सबैले भनेको र थाहा भएकै कुरा हो साइबर अपराध । २३औं शताब्दीको युग भनेको सूचना प्रविधिको युग हो । सूचनाको उत्कृष्ट राजमार्ग वा विज्ञानले पश्कीएको वर्दानका रुपमा आज इन्टरनेटलाई चिनेको छ ।

के सबैले यसले नकरात्मकको बारेमा चेतना पाएका छन् त ? अ ह मेरो विचारमा सबैको लागि वर्दान मात्र नभएर कसैका लागि अविसाप पनि भएको छ । यही अविसाप हो साइबर अपराध ।

इन्टरनेट र विद्युतिय उपकरणहरु जस्तै कम्प्यूटर तथा मोवाइल फोन र अरु विद्युतीय उपकरणबाट गरिने अपराध कार्यलाई नै साइबर अपराध भनिन्छ । उदारणका लागि कुनै एक व्यापारी अर्को व्यापारीसंग रिसिवी भएमा उसले इन्टरनेट मार्फत अर्को व्यापारीको गोप्य गतिविधि हेर्न सक्छ । यहि कारण आज कतिपय व्यापारीहरु अफ्ठयारोमा परेका छन् ।

कुनै शंकाले लाग्यो वा रिस उठेको व्यक्तिसंग इन्टरनेट मार्फत उसको चरित्र हत्या पनि गरिदिन सक्छन् । यस्ता कारणले गर्दा समाजमा थुप्रो समस्या उत्पादन भएका छन् ।

यस्ता अपराधका कारण व्यक्तिले मानप्रतिष्ठामा मात्र नभएर व्यक्तिको जिवनमा पनि ठुलो ठेस पुगेको हुन्छ । यसले व्यक्ति विच झगडाको भावना उत्पन गरेको छ भने यसले समाजमा विृकति र परिवारमा पुग ल्याउने गरेको छ ।

यसका कारण मनमा वेथा र पिडा सहन नसकेर युवा, युवती र स—साना बालबालिकाहरु आत्महत्याको भागि बन्न पुगेका छन् । यस्ता समस्याका लागि नेपाल सरकारले यो बुझ्न आवश्यक छ । अधिकांश मुलकमा पुरुषभन्दा महिलाहरु यस्ता समस्याबाट बढि अग्रसर भएको देखिन्छ । अन्तः म के भन्न चाहान्छु भने यस्ता सामाजिक सञ्जालको प्रयोग राम्रो रुपमा गर्ने हो भने मात्र यस्ता अपराधको न्यूनिकरण गर्न सकिन्छ । धन्यवाद ।

अर्जुन पुन मगर
कक्षा ८
शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके

प्रस्तुति : सुनिसा चन्द