बालज्योतिमा सप्ताहव्यापी कार्यक्रम सुरु, पहिलो दिन बृहत साहित्यिक कार्यक्रम

कोहलपुर ।

११ औं टिकाराम सुबेदीको स्मृति दिवसको अवसरमा कोहलपुर ११ स्थित बालज्योति माध्यमिक विद्यालयमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।
आज पहिलो दिन ‘अग्रज र अनुज एउटै मञ्चमा’ भन्ने मुल नाराका साथ बृहत साहित्यिक कार्यक्रम गरेको थियो ।

बृहत साहित्यिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीदेवी सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान सदस्य महानन्द ढकाललको प्रमुख अतिथिमा बृहत साहित्यिक कार्यक्रम भएको हो ।

प्रमुख अतिथि ढकालले बोल्दै टिकाराम सुवेदीको अनुहार अझै ताजै रहेको सम्झँदै कोहलपुरको शैक्षिक गतिविधि गर्दा सुवेदीको योगदानको चर्चा निकै गरिने बताए ।

सुवेदीको बारेमा राजनैतिक एवं सामाजिक क्षेत्रमा पनि योगदान रहेको बताउँदै ढकालले सुवेदीले अवलम्वन गरेको बाटो र उनले जन्माएको शैक्षिक संस्थाले देश तथा विदेशमा दक्ष जनशक्ति उत्पादन गरी उर्जावान शक्ति निर्माणमा हरदम प्रयासरत रहेको ढकालले बताए ।

यस्तै कोहलपुर बाङ्गयका अध्यक्ष एव्म साहित्यकार केशवराज सिग्देलले आफु र सुवेदीको आत्मिक सम्वन्ध भएको स्मरण गर्दै उनले सत्मार्गमा हिडन सिकाएको प्रति कृतज्ञता प्रकट गर्दै सुवदीले छोडेर गएका पदचापहरुलाई पछ्याउन सके सफल र सचेत नागरिक हुनसक्ने धारणा राखे ।

२०२० साल कार्तिक २३ गते स्याङ्जा जिल्लामा जन्मिएका सुवेदी २०४७ साल अघि राम जानकी माध्यामिक विद्यालयमा अध्यापन गराउदै आएका थिए । पछि सुवेदीले २०४७ सालमा आफनै नाममा वाल ज्योती अंग्रेजी माध्यामिक विद्यालय सञ्चालनमा ल्याउएका थिए ।

तत्कालिन प्याव्सन केन्द्रिय उपाध्यक्ष, क्रिसा बाँकेका संयोजक तथा एमाले बाँकेका नेताका रुपमा रहेका स्व.टिकाराम सुवेदीलाई उनैले स्थापना गरेको वालज्योति माध्यामिक विद्यालयले प्रत्यक वर्ष उनको स्मृतीमा विभिन्न कार्यक्रम गर्दै स्मरण गर्ने गरेको छ ।

बृहत साहित्यिक कार्यक्रममा बालज्योति विद्यालयमा अध्ययनरत बालबालिकाहरुको बाल प्रतिभा र अग्रज प्रतिभालाई महत्व दिइएको थियो ।

विद्यालयमा अध्ययनरत विपीन सिंह, सिता सारु मगर, आदर्श काफले, समि वोहरार र उषा वलि रहेका थिए भने साहित्यकार र गजलतर्फ हुकम धडकन, मुक्तकतर्फ शान्ति अधिकारी र कवितातर्फ हेम प्रकास मञ्जिल रहेका थिए । विद्यालयका सहायक प्रिन्सिपल एवं स्वर्गिय सुवेदी पुत्र चिरिञ्जिवी सुवेदीले समेत रचना वाचन गरेका थिए ।

सुवेदीको तेस्रो स्मृति दिवसदेखि विद्यालयमा वाल कोपिला र वाल प्रतिभा मासिक भित्ते पत्रिकालाई निरन्तरता दिएको थियो भने विभिन्न रचनात्मक कार्यक्रम, साहित्य कार्यक्रम, स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन गर्र्दै आएको थियो ।

यस वर्ष सुवेदीको १४औं स्मृती दिवसका अवसरमा भोलि ६ र ७ गते बृहत स्वास्थ्य शिविरको आयोजना गरेर सोही विद्यालयका विद्यार्थी डक्टरहरुले चेकजाँच गर्ने विद्यायका प्रधानाध्यापक दामोदर पौडेलले जानकारी दिए ।

सुगर, प्रेसर, दन्त तथा छाला रोग सम्बन्धी विद्यालयका पूर्व विद्यार्थी तथा कोहलपुरका चर्चित चिकित्सकहरुद्धारा अभिभावकलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको पौडेलले जानकारी दिए ।

यस्तै कार्यक्रममा पुर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार सागर गैरे, कोहलपुर नगरपालिका वडा नं. ११ का पुर्व वडाध्यक्ष कर्ण वहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम काफ्ले, राम जानकी माध्यामिक विद्यालयका निर्देशक दिनेश सिग्देल, कथाकारद्धय सुमित्रा न्यौपाने र अन्जु न्यौपाने विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरु एवं पत्रकारहरुको उपस्थिति रहेको थियो भने विद्यालयका शिक्षक प्रकाश मरासिनीले कार्यक्रम सञ्चालन गरेका थिए ।