राजापुर नगरपालिका बर्दिया जिल्लाकै उत्कृष्ट




काेहलपुर ।

राजापुर नगरपालिका बर्दिया जिल्लाकै उत्कृष्ट नगरपालिका भएको छ । राष्ट्रिय प्राकृतिकश्रोत तथा वृत्त आयोगको प्रतिवेदनले राजापुर नगरपालिकालाई बर्दियाकै उत्कृष्ट नगरपालिकाको सुचिमा राखेको हो ।

राजापुर नगरपालिकाले कार्य सम्पादन मूल्याङ्कनको सुचकांङ्कमा ६९.२६ अंक प्राप्त गरेको हो । जिल्लामै उत्कृष्ट नगरपालिकामा परेकाले बित्तीय समानीकरण अनुदान वाफत आर्थिक वर्ष २०७९/८० का लागि राजापुर नगरपालिकाले जिल्लामै सबैभन्दा बढी ६० लाख रुपैयाँ अनुदान पाउने भएको छ ।

जिल्लामै उत्कृष्ट नगरपालिकाको सूचीमा पर्दा कर्मचारीहरुलाई कामगर्न हौस्याएको र यस कार्यलाई थप ऊर्जाका रूपमा लिने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ चैत ७ गते सोमबार