बैजनाथमा सीमान्तकृत समुदाय सञ्जालको अध्यक्षमा बैगार

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा स्थानिय सीमान्तकृत समुदाय सञ्जाल गठन भएको छ ।

आइतबार बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहको प्रमुख अतिथि तथा कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीको सभापतित्वमा ‘अधिकार, सामाजिक न्याय, आत्म सम्मान, सशक्तीकरण तथा रुपान्तरणका लागि सामुदायिक अभियान’ भन्ने मुल नाराका साथ स्थानीय सीमान्तकृत समुदाय सञ्जाल गठन भएको हो ।

सञ्जालको अध्यक्षमा अजय बैगार, सचिवमा कुसुम गाईन र कोषाध्यक्षमा विष्णु वादी रहेका छन् भने सदस्यहरुमा लाली गाइन, कल्पना बादी, विमला गन्दर्भ, कुसुम सार्की, अनु बादी, ,पुजा बादी, विमला गाइन, हिमा आर्ने र देवानन्द मगत रहेका छन् ।

बैजनाथ गाउँपालिका ८ वटै वडाबाट प्रतिनिधित्व गरी अजय बैगारको अध्यक्षतामा १५ सदस्यीय सञ्जाल गठन गरिएको छ ।

जसमा वडा नं. ४ बाट १ जना र अन्य बाट १ जना गरी दुई जनापछि थप गर्ने गरी १३ जनाको सञ्जाल गठन भएको कमिट नेपालका कार्यक्रम संयोजक सिता बिष्टले जानकारी दिइन् ।

पालिका अध्यक्ष प्रकाश बहादुर शाही, ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही, ५ का वडा अध्यक्ष देव बहादुर रावत र ७ का वडा अध्यक्ष दिनेश थारू र भग्गन थारु लगायतको उपस्थित रहेको थियो । गन्दर्भ, सार्की, दमाई, बादी, माउत, चिडिमार, लगाएका क्षेत्रमा काम गर्ने कमिटि नेपालका अध्यक्ष प्रकाश नेपालीले जानकारी दिए ।

यूएसआइडी नागरिक समाज तथा सञ्चार कार्यक्रम र द एसिया फाउन्डेसनको साझेदारी तथा कमिट नेपालद्धारा सञ्चलित सिमान्तकृत समुदायको आर्थिक सामाजिक अधिकार तथा न्यायका लागि सामुहिक अभियान कार्यक्रम अन्तर्गत बैजनाथमा स्थानिय सीमान्तकृत समुदाय सञ्जाल गठन भएको हो ।