कोहलपुर ।
कोहलपुर नगरपालिकाकाले शैक्षिक सुधार गर्नका लागि सामुदायिक विद्यालयमा अनुगमन तिव्रता दिइएको छ । कोहलपुर नगर प्रमुख पूर्ण प्रसाद आचार्यले चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार अनुगमन लाई तिब्रता दिएको हो ।
यस्तै कोहलपुर नगरपालिका नगर शिक्षा शाखाको टोलीले मंगलबार कोहलपुर नगरपालिका वडा नं. १२ मा रहेको श्री ज्ञानज्योती माध्यामिक विद्यालयमा अनुगमन गरेको थियो ।
विद्यालयमा अनुगमन टोली पुग्दा विद्यालयका हाजिरी रजिष्टरमा ८ जना शिक्षकहरुले हाजिर नभएको शिक्षा शाखाका प्रमुख मिजारले बताए । ‘विद्यार्थीहरुको एकै किसिमको पोसाक र टाई लगाएका थिएनन्’ उनले भने, ‘विद्यालयमा आउने विद्यार्थीहरुले पढाई हुने सबै विषयका पुस्तकहरु नल्याउने गरेका छन् ।’
यस्तै विद्याथीहरुको कपि जाँच्ने क्रममा लापरवाहि देखिएको, कपि जाँच्ने शिक्षकको मितिसहिदको हस्ताक्षर भएको नदेखिनु, विद्यालय परिषदमा जताततै फोहोर, खानेपानीको र शौचालयको उचित व्यवस्थापन नभएको र ग्राउण्डमा घाँसको झाँडी रहेको मिजारले बताए । ज्ञानज्योती माध्यामिक विद्यालयमा २ हजार १ सय विद्यार्थीहरु छन् । एउटा कक्षामा लगभग १२३ जना विद्याथीहरुले अध्ययन/अध्यापन गरेका छन् ।
यस्तै कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले तत्काल सेक्सन विभाजन गरेर पठनपाठन गराउने निदेशन समेत दिएका थिए । आचार्यले विद्यालयका प्रधानअध्यापक विनोद लम्साललाई अब आउने शैक्षिक सत्रबाट प्राविसम्म अग्रेजी माध्यमबाट पठन पाठन गराउन अनुरोध गरे ।
अनुगमनमा कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्य, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रमुख रविलाल मिजार, कोहलपुर नगरपालिका वडा नं. १२ वडा अध्यक्ष विरेन्द्र शाह र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्