राप्तीसोनारीमा सामुदायिक खोज तथा उद्धार तालिम

कविन्द्र परियार/
कोहलपुर ८ जेठ/

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ८ शम्शेरगजमा सामुदायिक खोज तथा उद्धार तालिम सम्पन्न भएको छ । राप्तीसोनारी गाउँपालिकाको कृषि पर्यावरणीय क्षेत्रमा दिगो जिविकोपार्जनका लागी विपद् तथा जलवायु परिर्वतन उत्थानशिलता प्रवद्र्धन कार्यक्रम अन्र्तगत विपद् व्यवस्थापन समिति कार्यदल सदस्यहरुका लागी ५ दिने सामुदायिक खोज तथा उद्धार तालिम सोमबार सम्पन्न भएको हो ।

भेरी वातावरणीय विशिष्टता समुह (विगु्रप) बाँककोे आयोजना एडब्लुओ इन्टरनेशनल एण्ड एडिएचको आर्थिक सहयोग र शसस्त्र प्रहरीबल,नेपाल ४२ न रिर्जभ गण हेडक्वाटर शम्शेरगज बाँककोे सहजीकरण तथा व्यवस्थापन सा संचालन गरिएको तालिमको समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अथिति तथा सशस्त्र प्रहरी उपरिक्ष गणपति क्षितिज क्षेत्रीले विपद न्युनीकरणमा पहिलो उद्धार कार्य स्थानीय तहमा हुने भएकोले तालिमले समुदाय स्तरमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै उनले सशस्त्र प्रहरी बल २४ सै घण्टा सेवा दिन तयार रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले सबैको सहयोग र समन्वयमा विपत न्युनीकरण गर्न सकिने बताउदै शसस्त्र प्रहरीबल,नेपाल ४२ न रिर्जभ गण सदैव सहयोग पाइरहेको बताए । त्यस्तै भेरी वातावरणीय विशिष्टता समुह (विगु्रप)का कार्यकारी निर्देशक डम्मर सुनारले भुकम्प आगलागी जस्ता विपद्को जोखिम भइरहने हुनाले आफै विपतको प्रतिकार्यमा जुट्नुपर्ने र विपत प्रतिकार्य क्षमतामा वृद्धि गर्न तालिमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै तालिम संचालनमा सहयोग गर्ने सबै प्रति आभारी रहेको बताए ।

कार्यक्रममा तालिमका प्रशिक्षक तथा शसस्त्र प्रहरीबल,नेपाल ४२ न रिर्जभ गणका सहायक गणपति टेक बहादुर बोहोराले तालिम सचालन विधि,प्रक्रिया र उपलब्धि बारे जानकारी गराएका थिए। सो अवसरमा तालिम सहभागीहरुले प्रयोगात्मक सिप समेत प्रर्दशन गरेका थिए । कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिमको समापनसत्रमा राप्तीसोनारी गाउँपालिका वडा न ं ८ का वडाध्यक्ष सालिकराम डाँगी, भेरी वातावरणीय विशिष्टता समुह (बिगु्रप)का प्रमुख टेक बहादुर पुन शसस्त्र प्रहरीबल,नेपाल ४२ न रिर्जभ गणका सुरक्षा अधिकारीहरु, पत्रकार लगायतको सहभागीता रहेको थियो । जेठ २ गते देखी ७ गतेसम्म संचालन गरिएको तालिममा राप्तीसोनारी गाउँपालिका वडा नं २,३,४ र ५ का गरी २६ जनाको सहभागीता रहेको थियो ।