अनेमसंघ कोहलपुर नगर कमिटिको अध्यक्षमा पाण्डे

कोहलपुर ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) कोहलपुर नगर कमिटिको अध्यक्षमा उर्मिला पाण्डे चयन भएकी छिन् । आइतबार भएको कोहलपुर नगर कमिटिको अधिवेशनबाट उर्मिला पाण्डेको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन भएको हो ।

जसको उपाध्यक्षमा लक्ष्मी सिंह ठकुरी, सचिवमा अम्बिका आचार्य, सह सचिवमा पुजा भण्डारी र कोषाध्यक्षमा सुनिता तिवारी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सुशिला डाँगी, मिना चौधरी, सम्झना लम्साल, विष्णु पाण्डे, लक्ष्मी पौडेल, कल्पना रेग्मी, रिता जैसी, तकौति विष्ट, बाल कुमार मल्ल, तारा श्रेष्ठ, डिल कुमारी शाही, चन्द्र कुमारी राना बस्नेत, सुमित्रा खड्का, बसन्ति वि.क., गिता सुनार, माया गौतम र शारदा थापा चयन भएका छन् ।