प्रदेश स्तरीय महिला फूटबल छनौट दाङमा हुने

कोहलपुर ।

कोहलपुर । अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट दाङमा हुने भएको छ ।

बागमति प्रदेशमा आगामी चैत्र २५ र २६ गते हुने अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट दाङमा हुने भएको हो ।

खेल सदस्य जनक केसीका अनुसार खेलाडीहरुलाई अनिवार्य नागरिकता ल्याएर आउनु अनुरोध गरेका छन् ।

खेलाडी छनौट बेलझुण्डी जिल्ला खेलकुद विकास समिति दाङमा हुनेछ । छनौट प्रतियोगितामा लुम्बिनी प्रदेश भरीका खेलाडीहरु आउनेछन् ।