सर्वाधिक राशिको भलिबलको समापन समारोह

शुदाम शर्मा, रुकुम पश्चिम।

नेपालकै भलिबल विकासमा टेवा पुर्‍याउने उद्देश्यले सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ। यो प्रतियोगिता पुरस्कार राशिका हिसाबले यो वर्षको देशभरकै ठुलो प्रतियोगिता रहेको छ ।

विजेता आर्मीले नगद पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ र कप हात पारेको छ । उप विजेता रुकुम पश्चिमले नगद दुई लाख ५५ हजार पाँच सय ५५ र कपमा चित्त बुझाएको छ ।

आर्मीमा नेपाली राष्ट्रिय भलिबल टोलीका क्याप्टेन मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट र दुर्गा महतो लगायत थिए ।

त्यस्तै आयोजक रुकुम पश्चिममा राष्ट्रिय भलिबल टोलीका महत्त्वपूर्ण सदस्य तथा पुलिस क्लबका रविन चन्द, सफल विश्वकर्मा, पहल गहतराज र एपिएफका लोकेन्द्र गिरी लगायतका खेलाडीहरूको उपस्थिति रहेको थियो।