मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा हल्का वर्षा, तराईमा आगामी पाँच दिन लू चल्ने




काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आगामी केही दिनसम्मको तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने छ ।

तराई भू–भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा ’लू’को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

प्रकाशित मिति : २०८० जेठ २५ गते बिहीबार