कोहलपुर ।
कोहलपुर नगरपालिकाले दुई दिन गर्मी विदा थपिएको छ ।
अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाई भएकाले जेठ २२ गतेदेखि २४ गतेसम्म गर्मी विदा दिइएको थियाे । गर्मी विदा दिइएकाेमा माैसम सुधार नदेखिएकाेले थप २ दिन गर्मी विदा दिइएकाे कोहलपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
कोहलपुर नगरापालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा वर्षे विदाबाट मिलान हुने गरी थप दुई दिन विदा दिने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत रवि मिजारले बताए ।
सूचना हेर्नुहाेस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्