कोहलपुरमा थपियाे दुई दिन गर्मी बिदा

कोहलपुर ।

कोहलपुर नगरपालिकाले दुई दिन गर्मी विदा थपिएको छ ।

अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाई भएकाले जेठ २२ गतेदेखि २४ गतेसम्म गर्मी विदा दिइएको थियाे । गर्मी विदा दिइएकाेमा माैसम सुधार नदेखिएकाेले थप २ दिन गर्मी विदा दिइएकाे कोहलपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

कोहलपुर नगरापालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा वर्षे विदाबाट मिलान हुने गरी थप दुई दिन विदा दिने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत रवि मिजारले बताए ।

सूचना हेर्नुहाेस् ।