ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु




बुटवल । रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भैरहवाको बुद्धचोकमा युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी मोहन खांणले बताए । तीव्र गतिको ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि करिब २ सय मिटरसम्म घिसार्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ३० गते शुक्रबार