प्रेस सेन्टर रुकुम पश्चिमको नयाँ कार्य समिति चयन, अध्यक्षमा ओली




सुदाम शर्मा ।

प्रेस सेन्टर रुकुम पश्चिमको नयाँ कार्य समिति चयन गरिएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ५ को सहिद प्रतिष्ठानको सभाहल सेरिगाउँमा भएको ११ औँ साधारण सभाले देवकुमार ओलीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्माण गरेको हो ।

जसको उपाध्यक्षमा सिजन बाठाँ मगर, नारायण ओली, सचिव मनिष खड्का, सहसचिव सन्देश जैसी, दिपेन्द्र महतारा र कोषाध्यक्षमा सत्यबहादुर बटलालाई चयन गरिएकाे छ । त्यस्तै सदस्यहरुमा ज्ञानी खड्का विष्ट, गोपाल ओली, बलेन्द्र ओली, प्रचण्ड खत्री, लक्ष्मी गौतम र सुनिल विकलाई चयन गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख ३१ गते आइतबार