महिला, कानून र विकास मञ्च द्धन्द्ध पिडितको साहारा बन्दै

प्रदिप कुमाई, कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा रहेका द्धन्द्ध पिडित घरपरिवारका लागि महिला, कानून र विकास मञ्च साहारा बनेको छ । बैजनाथ गाउँपालिकामा १० जना द्धन्द्ध पिडित परिवारका परिवारलाई आर्थिक सशक्तिकरणको लागि सहयोग गरेको छ ।

बुधबार एक औपचारीक कार्यक्रम गर्दै महिला, कानून र विकास मञ्च बाँके जिल्ला संयोजक बसन्त गौतमले १० जना द्धन्द्ध पिडित परिवारलाई कुखरा, खोर, दाना, औषधि, बाख्रा, दाना खुवाउने भाडा, चामल, चिनी, जिरा, धनिया, दाल मास मसुरो लयागतका समानहरुबाट उत्पादन गरी आर्थिक विकासमा लगाउने उद्देश्यले सहयोग गरेको बताए ।

यस्तै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालका अनुसार द्धन्द्ध पिडितका लागि स्थानीय सरकारले विगतका वर्षमा नसकेको बताए । यो वर्ष द्धन्द्ध पिडितका लागि भनेर छुट्टै बजेट छुट्टयाइएको छैन तर २ लाख ५० हजार बजेट भने छ, त्यस बजेटबाट द्धन्द्ध पिडितहरुको सहयोग कार्यक्रम गर्नेछौं । उनले भने ।