११ कक्षाकाे परिक्षा दिएर बसेका काेहलपुरमा एक युवा झुन्डिएको अवस्थामा भेटिए

काेहलपुर ।

बाँकेकाे काेहलपुरमा ११ कक्षाकाे परिक्षा दिएर बसेका एक युवा झुन्डिएको अवस्थामा फेला परेका छन ।

काेहलपुर नगरपालिका वडा नं. ११ एनटिभि राेड घर भएका करिब १८ वर्षिय सुदिप वली आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन ।

११ कक्षाकाे परिक्षा दिएर बसेका वली साेमबार बेलुका ८ बजेतिर आफ्नै घरकाे पंखामा झुन्डिएको अवस्थामा फेला परेका ईलाका प्रहरी कार्यालय काेहलपुरले जनाएकाे छ ।

शवलाई पाेष्टमार्टमकालागि भेरी अस्पताल नेपालगन्ज पठाईएकाे छ । घटनाकाे प्रकृति हेर्दा आत्महत्या जस्ताे देखिएपनि पाेष्टमार्टमपछि मात्र घटनाकाे वास्तविक तथ्य उजागर हुने ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख प्रहरी नायव निरिक्षक(डिएसपी) सुन्दर तिवारीले जानकारी दिए ।