मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टीपुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ७ का २१ वर्षीय निश्चल बानियाँ रहेका छन् ।
उनी नेपाल दर्शन कलेजका विद्यार्थी हुन् । बानियाँले चलाएको प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई आज बिहान ६ बजे को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालक मोहन तामाङलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्