कोहलपुर वाङमय प्रतिष्ठानकाे “पिपिरी” सृजनशिल बालसंसार पत्रिका विमोचन




कृष्ण कुमार शाही, कोहलपुर । कोहलपुर नगरपालिका कोहलपुर वाङ्‌मय प्रतिष्ठानद्वारा प्रकाशित ‘पिपिरी’  सृजनशिल बालसंसार पत्रिका विमोचन गरिएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कपिलदेव लामिछाने, विशिष्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विक, शिक्षा शाखा प्रमुख रामबहादुर  हमाल लगायतले पत्रिकाको विमोचन गरेका हुन् ।


कोहलपुर नगरपालिका वाङमय प्रतिस्ठानले कोहलपुरका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत झन्डै ५० जना बढी विद्यार्थीहरु लाई सिर्जना क्षमता विकास तालिमको कार्यशाला गोष्ठी प्रदान गरिएको छ ।

प्रतिष्ठानकी कावा अध्यक्ष सुमित्रा न्यौपानेले कार्यक्रमको औचित्यमा प्रकाश पार्दै सिर्जना कला बालबालिकाहरुको लागि अति आवश्यक रहेको वताईन । कार्यक्रमका विशिस्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विकले साहित्य, सिर्जना र कला आमबालबालिकालाई आजको आवश्यकता भएको वताए ।

कोहलपुर नगरपालिकाले शिक्षा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्न लागि परेको वताए । उनले वाङमय सभाले गर्दै आएको कार्यहरूको प्रशंसा गर्दै साहित्य र सिर्जना लाई बालबालिकाहरुले व्यवहारमा लागू गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालले विद्यालयबाट सहभागी सम्पूर्ण विद्यार्थी लाई सिकेर विद्यालयमा पुन: साथीहरू लाई सिकाउनु पर्नेमा जोड दिए ।

वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक, कोहलपुर वाङमय सभाका सदस्य तथा ज्ञानोदय सामुदायिक पुस्तकालय कोहलपुरका सचिव एकराज शर्माद्वारा गरिएको स्वागत मन्तव्य गरेका थिए ।

कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रमोद सुवेदी, शिक्षाशाखाका रविलाल मिजार, शिक्षक गणेश पौडेल, विमला खत्री, बद्री ढकाल लगायत विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

सिर्जना विकास क्षमता तालीमको सहजीकरण प्राडा कपिलदेव लामिछाने र डा पुस्करनाथ रिजालले गरेका थिए । कार्यक्रम सुमित्रा न्यौपानेको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमको सहजीकरण कोहलपुर वाङमय सभा परिषद सदस्य डा खोपिराम वलि क्षेत्रीले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार ८ गते आइतबार