कोहलपुर ।
बाँकेको नेपालगञ्जमा लागुऔषध सहित भारतीय दुई जना पत्रकार पक्राउ परेका छन् । नेपालगञ्ज १२ कोरीयनपुरमा कोठा भाडा लिएर बस्ने पत्रकारको परिचयपत्र बोकेका दुई जना भारतीय दिल्ली क्राइम नेशनल न्युज पेपरको परिचय पत्र बोकेका दुई जना पत्रकार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दिल्ली क्राइम नेशनल न्युज पेपर र भ्रष्टाचार विरोधी मोर्चाको परिचयपत्र बोकी जमुनाह नाकामा सहज रुपमा आवत जावत गर्दै आएका सलमान खान ४३ ग्राम ब्राउनसुगरसहित नेपालगन्जवाट पक्राउ परेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनिहरु बसेका मुस्तकिम सिद्धिकीको कोठामा खोजतलास गर्दा भारत उत्तरप्रदेश जिल्ला बहराइचका सलमान खान र भारतको लखनउका मुस्तकिम सिद्धिकी र नेपालगञ्ज १६ का आजाद कवडिया रहेको बताए ।
उनका अनुसार पक्राउ परेका मुस्तकिम नेपालगञ्जको एकलैनी स्थित सुनपसलमा काम गर्ने भएकोले कोठा भाडामा लिएर बस्ने गरेको पाइएको छ । मुस्तकिम र सलमानले पत्रकारको भेषमा भारतबाट लागुऔषध नेपालमा ल्याउने र नेपालमा आजाद कवडीयाले बिक्रि गर्ने गरेको अनुसन्धानबाट जानकारी पाएका छौं अधिकारीले भने उनीहरुले भारतमा प्रतिग्राम एक हजार पाँच सयमा खरिद गरी नेपालमा तीन देखि खरिद गरी नेपालमा तीन देखि चार हजारसम्ममा बिक्री गर्ने गरेको बताए ।
कोठाबाट नोटबुक लेखेको ब्राउनसुगर तौलिने डिजिटल तराजु र मोवाईल सेट समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिए । थप अनुसन्धान भैरहेकाे प्रहरी उपरीक्षक अधिकारीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्