कोहलपुरमा एमालेबाट कुन वडाबाट कस्को मनोनयन दर्ता ?

कोहलपुर ।

कोहलपुर नगरपालिकामा नेकपा एमालेबाट मेयर, उपमेयर र १५ वटै वडामा अध्यक्ष सहित सदस्य पदमा मनोनयन दर्ता गरेका छन् ।  सोमबार नेकपा एमालेबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य सहित सम्पूर्ण टिमले नै मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेबाट कोहलपुर नगरपालिकाकाे मेयरमा खिल प्रसाद भुषाल, उपमेयरमा अस्मिता कुमारी चौधरीले मनोनयन दर्ता गरेको कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टले कोहलपुर टुडेलाई जानकारी दिए ।

यस्तै वडा नम्बर १ मा रुद्र प्रसाद खनाल, २ मा कर्ण सिंह बुढाक्षेत्री, ३ मा माधवराम रिजाल, ४ मा सफि महमद गुजर, ५ मा दिपेन्द्र श्रेष्ठ, ६ मा परदेशी थारु, ७ मा ठग्गा थारु, ८ मा तिल बहादुर खत्री, ९ मा नन्दराम थारु, १० मा हेम कुमार रावत, ११ मा कल्पना अधिकारी, १२ मा टेक बहादुर शाही, १३ मा रुपसिंह डाँगी, १४ मा ज्ञानेन्द्र थापा, १५ मा मोहन थारुले मनोनयन दर्ता गरेको कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए ।