विचमा मै टुंगियाे बैंकहरुका विरुद्ध व्यवसायीहरुकाे आन्दोलन, बैशाख ५ गतेसम्म स्थगित

कोहलपुर ।

कोहलपुर नगरपालिकामा आज बैंक तथा वित्तिय संस्थाहरु बन्द गरेका थिए । कोहलपुरमा विहान ११ बजेदेखि कोहलपुर चौराहदेखि पिपलचौतारा हुँदै एनटिभि रोड नजिकै कोण सभा गरी सकिएको थियो ।

व्यवसायिक हकहित संरक्षण समितिले नयाँ बर्षलाई लक्षित गरी बैंकहरुको चर्को व्याजदर र बैंकहरुले गरेको ज्याजति गरेको विरुद्ध बैशाख ५ गतेसम्मका लागि स्थगित गरेको समितिका संयोजक राजेन्द्र श्रेष्टले बताए ।

तर समितिले भने कोहलपुरका बैंक तथा वित्तिय संस्थाहरुलाई आजदेखि ३० गतेसम्मका लागि बन्द गर्ने भनी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो तर समितिले सार्वजनिक गरेका कार्यक्रमहरु विचमा मै टुंगिएको छ ।